वडाध्यक्षको मृत्यु भएपछि बजार बन्द

८ फागुनमा रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिका वडा नम्बर– १२ छिन्चु बजारदेखि पश्चिमतर्फको सडकमा भएको दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको मृत्यु भएको थियो।

वडाध्यक्षको मृत्यु भएपछि बजार बन्द

सुर्खेत। सुर्खेतको भेरीगंगा नगरपालिकाका वडाध्यक्ष नवराज कार्कीको दुर्घटनामा मृत्यु भएपछि उनका आफन्तले भेरीगंगा–१२ को छिन्चु बजार बन्द गराएको छन्।

दोषीलाई कारबाही हुनु पर्ने र उचित क्षतिपूर्तिको माग गर्दै आफन्तहरुले बजार बन्द गरेका हुन्।

हालसम्मको उपचार खर्च र दोषीलाई कारबाही हुनुपर्ने उनीहरुको माग रहेको छ। अहिले भेरीगंगाको सत्तरी–तोलीखोला–सल्ली–जाजरकोट सडक बन्द रहेको छ।

८ फागुनमा रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिका वडा नम्बर– १२ छिन्चु बजारदेखि पश्चिमतर्फको सडकमा भएको दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको मृत्यु भएको थियो।

नेपालगञ्जबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु जाँदै गरेको भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved