एमसीसी अस्वीकार गर्दा अर्थतन्त्रमा संकट आउन सक्ने सुरेन्द्र पाण्डेको चेतावनी

नेपालभ्युज

एमसीसी अस्वीकार गर्दा अर्थतन्त्रमा संकट आउन सक्ने सुरेन्द्र पाण्डेको चेतावनी

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउनसक्ने बताएका छन्।

शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको ‘नेपाली अर्थतन्तका नयाँ चुनौती र समाधानका उपायहरूको खोजी’ विषयक अन्तरक्रियामा उनले एमसीसी सम्झौतालाई नेपालले अस्वीकार गर्दा अमेरिका रिसाए आर्थिक रुपमा जोखिम र संकट पैदा हुनसक्ने चेतावनी दिए।

अमेरिकाको सहयोग अस्वीकार गर्दा अन्य शक्ति राष्ट्रहरूले पनि नेपाललाई आर्थिक सहयोग गर्न हिच्किचाउने उपाध्यक्ष पाण्डेले बताए।

नेपालमा धेरै रेमिट्यान्स भित्रिने मुलुकहरूसँग अमेरिकाको निकट सम्बन्ध रहेको भन्दै उनले ती मुलुकहरूसँग अमेरिकाले नेपालबारे असहमति राखेको खण्डमा संकटमा फस्न सकिने तर्कसमेत गरे।

उपाध्यक्ष पाण्डेले देशको अन्तर्राष्ट्रिय सम्बन्ध र अर्थतन्त्रको सम्बन्धमा गम्भीर हुनुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved