भीम रावलले भने – एमसीसीका कारण शक्ति राष्ट्रहरूको चपेटामा देश पर्‍यो

नेपालभ्युज

भीम रावलले भने – एमसीसीका कारण शक्ति राष्ट्रहरूको चपेटामा देश पर्‍यो

काठमाडौं । नेकपा (एमाले) सांसद भीम रावलले शक्ति राष्ट्रहरूको चपेटामा देश परेको बताएका छन्।

एमसीसीमा राष्ट्रहितविपरीत धेरै प्रावधानहरू रहेकाले नसच्याई एमालेजस्तो जबजको सिद्धान्त र महाधिवेशनबाट पारित कार्यक्रमहरू बोकेको पार्टी समर्थनमा जानु नहुने उनले बताए। सांसद रावलले नेकपा एमालेको नीतिमा भएका कुराहरूले पनि एमसीसीको समर्थन गर्न नदिने जिकिर गरे।

सांसद रावलले भने, “कुर्सीको लागि खिचडी पकाउने, राष्ट्र जतासुकै जाओस्, त्यसको मतलव नराख्ने। यत्रो जनता र यसबाट पर्ने कुप्रभावहरू छ, त्यसप्रति संवेदनशील नहुने, कुराको नै यो एउटा परिचायक हो जस्तो मलाई लाग्छ। यथास्थितिमा एमसीसी पास गरियो भने यसले नेपाललाई द्वन्द्वको भुमरीमा लैजान्छ। शक्ति राष्ट्रहरूको द्वन्द्वको चपेटामा यो देश पर्छ भनेर मैले आज होइन, शुरुको दिनमा भनेको थिएँ। अहिले त्यो कुराको पुष्टि हुँदैछ। नेकपा एमालेको कुरा जहाँसम्म छ, महाधिवेशनबाट पारित कार्यक्रम, जनताको बहुदलीय जनवाद, २००६ सालदेखि एमालेले राष्ट्रिय झण्डालाई जुन बुलन्द गरेको थियो। त्यो कुरालाई राम्ररी आत्मसाथ गर्ने हो भने यो सम्झौताका राष्ट्रघाती जुन प्रावधान छन्, एउटा मात्रै सम्झौता छैन, एक दर्जनभन्दा बढी सम्झौता छन्। तिनलाई नसच्याइ नेपालको कानून, स्वाधीनता, स्वाभिमान, नेपालको हित विपरितका कुरा नहटाइ नेकपा एमालेजस्तो पार्टीले समर्थनमा जाँदैन। नेकपा एमालेको नीतिमा अंगीकार भएका कुराले यसको समर्थनमा जान दिँदैन।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved