एमसीसीबारे सरकारले गरेको निर्णयविरूद्ध जान मिल्दैन : झाँक्री

नेपालभ्युज

एमसीसीबारे सरकारले गरेको निर्णयविरूद्ध जान मिल्दैन : झाँक्री
फाइल तस्वीर

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसिसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी छिन्। नेकपा एकीकृत समाजवादीकी नेतृ झाँक्रीले आफू मन्त्री भएकाले सरकारको निर्णयविरूद्ध जान नसक्ने प्रस्ट पारिन्।

उनले सरकारमा बसेर एमसिसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताइन्। उनले भनिन्, “कि त सरकार छोडेर सडकमा जानु पर्यो‍ । कि सरकारमा बसेर सडकमा जानु भएन।”

सत्ता पनि चाहिने र सरकारको काममा पनि विरोध गर्ने विरोधाभाषपूर्ण कार्यबाट सबै मुक्त हुनुपर्ने उनले बताइन् । उनले थपिन्, “विरोधाभाष कुरा हुँदैन । पार्टीले निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन।”

सबै जिल्ला कमिटीलाई एमसिसीको विषयमा धारणा पठाउन आग्रह गर्दै उनले एमसिसी गलत भए आफूहरु ब्याक हुने बताइन्। एमसिसी स्वीकार गर्दा र अस्वीस्कार गर्दा के हुन्छ भन्ने कुरामा सबैले बुझ्न जरुरी रहेको उनको भनाइ थियो।

पार्टीको सचिवालयले एमसिसी यथास्थितिमा पास नगर्ने निर्णय गरेको भन्दै उनले यस विषयमा छलफल हुन जरुरी रहेको बताइन्। तत्कालीन समयमा केपी ओली नेतृत्वको सरकारले संसद्मा एमसिसी टेबुल गर्न चाहेकोे भन्दै उनले अहिले (नेकपा एमाले)को मौनताले केही असहज बनाएको बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved