भलिभाबारे ओलम्पिक समितिको निर्णय : रूसको स्वागत, अमेरिकाको विरोध

अमेरिकी ओलम्पिक समितिले भने भलिभालाई बेइजिङ ओलम्पिकमा पुनः प्रतिस्पर्धा गर्न अनुमति दिने अदालतको निर्णयबाट ‘निराश’ भएको बताएको छ।

नेपालभ्युज

भलिभाबारे ओलम्पिक समितिको निर्णय : रूसको स्वागत, अमेरिकाको विरोध

काठमाडौं। खेलकुदको मध्यस्थता अदालतले चर्चित स्केटर कमिला भलिभालाई बेइजिङ ओलम्पिकमा पुनः प्रतिस्पर्धा गर्न अनुमति दिने निर्णय गरेको छ। अदालतले डोपिङ परीक्षणमा फेल भएकी रूसी स्केटर भलिभालाई पुनः प्रतिस्पर्धा गर्न अनुमति दिएको हो।

रुसको ओलम्पिक समितिले सोमबार फिगर स्केटर भलिभालाई डोपिङ परीक्षणमा असफल भए पनि बेइजिङ ओलम्पिकमा प्रतिस्पर्धा गर्न जारी राख्न अदालतले दिएको अनुमतिको स्वागत गरेको छ।

रूसी ओलम्पिक समितिले उक्त निर्णयलाई ‘दिनको सबैभन्दा राम्रो समाचार’को रूपमा टिप्पणी गरेको छ । उसले भनेको छ, ‘भोलि सम्पूर्ण देशले व्यक्तिगत प्रतिस्पर्धामा उहाँलाई र हाम्रा सबै अद्भुत महिला स्केटरहरूलाई समर्थन गर्नेछ।’

उता अमेरिकी ओलम्पिक समितिले भने भलिभालाई बेइजिङ ओलम्पिकमा पुनः प्रतिस्पर्धा गर्न अनुमति दिने अदालतको निर्णयबाट ‘निराश’ भएको बताएको छ।

‘यस निर्णयको सन्देशबाट हामी निराश छौं,’ अमेरिकी ओलम्पिक समितिले प्रतिक्रिया दिएको छ, ‘यो रूसद्वारा चालिएको स्वच्छ खेलको लागि प्रणालीगत र व्यापक उपेक्षाको अर्को अध्याय जस्तो देखिन्छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved