एमाले संसदीय दलको बैठक बस्दै, महाअभियोग प्रस्तावबारे निर्णय गर्ने

नेपालभ्युज

एमाले संसदीय दलको बैठक बस्दै, महाअभियोग प्रस्तावबारे निर्णय गर्ने

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दै छ। बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक आह्वान गरिएको छ।
बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । महाअभियोग प्रस्तावको संसदीय प्रक्रियाबाट प्रतिवाद गर्ने एमालेको तयारी छ। एमालेका एक सांसदका अनुसार एमालेले पनि संसद् पुनःस्थापनाको फैसला गर्ने न्यायाधीश र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने बारेमा चर्चा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved