फेसबुक लाइभ गर्दै व्यापारीले गरे विष खाएर आत्महत्याको प्रयास, श्रीमतीको मृत्यु

नेपालभ्युज

फेसबुक लाइभ गर्दै व्यापारीले गरे विष खाएर आत्महत्याको प्रयास, श्रीमतीको मृत्यु

नयाँ दिल्ली। भारतको उत्तर प्रदेशको बागपतमा एक जुत्ता व्यापारीले फेसबुक लाइभमा विष सेवन गरेका छन्। केन्द्र र राज्य सरकारको आर्थिक नीतिबाट आक्रोशित भएको जनाउँदै उनले आत्महत्या प्रयास गरेका हुन्। अहिले ती व्यापारी गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएका छन्।

व्यापारीलाई बचाउने प्रयासमा लागेकी उनकी श्रीमतीले पनि विष सेवन गरेकी थिइन्। उनको भने उपचारका क्रममा अस्पतालमा मृत्यु भयो।
आत्महत्याको प्रयासका क्रममा उनकी श्रीमतीले त्यसो नगर्न बिन्ती गरेपछि हताश भएर आफैँले विष खाइन्। लाइभ भिडियोमा राजीव तोमरकी श्रीमतीले उनलाई रोक्न खोज्दा उनले भनिन्, ‘दुई मिनेट बस, तिमी त मेरो कुरा मान। सरकार त मान्दैन।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved