एमाले चुनाव घोषणाको स्वागत गर्छ, चुनावमा सहभागी हुन्छौँ: विष्णु रिमाल

“हामी चुनावमा भाग लिन्छौँ। पहिला कानूनअनुसार चुनाव गर्न चाहिरहेको थिएन। अहिले घोषणा गरेको छ,” एमाले उपमहासचिव रिमालले भने, “अब चुनाव नगर्न त घोषणा गरेको होइन होला ? गर्न चाहेन भने नगर्न खोजेकै बेला कुरा गर्छौँ।”

नेपालभ्युज

एमाले चुनाव घोषणाको स्वागत गर्छ, चुनावमा सहभागी हुन्छौँ: विष्णु रिमाल

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले वैशाख ३० गते स्थानीय तह निर्वाचन घोषणाकोे स्वागत गरेको छ। एमाले उपमहासचिव विष्णु रिमालले चुनाव घोषणालाई स्वागत गरे।

सरकारले स्थानीय चुनावको मिति तोकेकोबारे नेपालभ्यूजसँग कुरा गर्दै रिमालले भने, “हामीले जेठ ४ कटाउन मिल्दैन भन्दै आएका थियौँ। सरकारले महसुस गर्‍यो। कानून मिच्न हुँदैन भन्ने बुझ्यो।”

“चुनाव घोषणालाई त स्वागत गरिहाल्छौँ। हामीले समयमा चुनाव गर भनिरहेका थियौँ। निर्वाचन आयोगले जेठ ५ गते म्याद सकिनुअघि नै चुनाव गर भनिरहेकै थियो”, एमालेले समयमा चुनाव गराऊ भनिरहेको बताउँदै उनले भने, “सरकार कब्जियत भएजसरी आलटाल गरिरहेको थियो। अहिले चुनाव जेठ ४ होइन, वैशाख ३० मै गर्न मिति तोक्नु र निर्वाचन आयोगले गर्नसक्छु भनेपछि त हाम्रो आपत्ति हुने कुरै भएन।”

उनले एमाले उत्साहका सम्पूर्ण सामथ्र्यका साथ चुनावमा सहभागी हुने बताए।

“हामी चुनावमा भाग लिन्छौँ। पहिला कानूनअनुसार चुनाव गर्न चाहिरहेको थिएन। अहिले घोषणा गरेको छ,” उनले भने, “अब चुनाव नगर्न त घोषणा गरेको होइन होला ? गर्न चाहेन भने नगर्न खोजेकै बेला कुरा गर्छौँ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved