कोभिशिल्ड खोप लगाएकै कारण छोरीको मृत्यु, पिताले मागे १ हजार करोड भारु क्षतिपूर्ति

निवेदनमा उनले आफ्नी छोरीको कोरोना भ्याक्सिनको साइड इफेक्टका कारण मृत्यु भएको आरोप लगाएका छन्।

नेपालभ्युज

कोभिशिल्ड खोप लगाएकै कारण छोरीको मृत्यु, पिताले मागे १ हजार करोड भारु क्षतिपूर्ति

भारतको मुम्बई उच्च अदालतमा एक मेडिकल प्रोफेसरका बुबाले निवेदन हाल्दै कोरोना खोप लगाएकी आफ्नी छोरीको मृत्यु भएको भन्दै १ हजार करोड भारु क्षतिपूर्ति माग गरेका छन्।

निवेदनमा उनले आफ्नी छोरीको कोरोना भ्याक्सिनको साइड इफेक्टका कारण मृत्यु भएको आरोप लगाएका छन्।

उनले कोभिशिल्ड भ्याक्सिन बनाउने सेरम इन्स्टिच्युट अफ इन्डिया, यसका साझेदार बिल गेट्स, केन्द्र सरकार र राज्य सरकारका अधिकारीहरूलाई विपक्ष बनाएका छन्।

निवेदक दिलीप लुनावतका अनुसार उनकी ३३ वर्षीया छोरी स्नेहल नागपुरको मेडिकल कलेजमा वरिष्ठ लेक्चरर थिइन्। उनले २८ जनवरी २०२१ मा नासिकमा कोभिशिल्डको पहिलो मात्रा लगाएकी थिइन्। ५ फेब्रुअरी २०२१ मा उनको टाउको दुखेको थियो र डाक्टरसँग सम्पर्क गरेपछि उनलाई माइग्रेनको औषधि दिइएको थियो। त्यसपछि उनलाई निको भएको थियो। त्यसपछि उनी ६ फेब्रुअरीमा गाउँ गएकी र ७ फेब्रुअरी बिहान २ बजे उनले बान्ता गरेकी उनका बुवाले निवेदनमा लेखेका छन्।

नजिकैको आर्यन अस्पतालमा भर्ना गर्दा स्नेहलको मस्तिष्कमा रगत बगेको हुन सक्ने बताइएको थियो। न्यूरो सर्जन नआएपछि उनलाई अर्को अस्पताल लगिएको थियो। त्यहाँ डाक्टरहरूले स्नेहलको मस्तिष्कमा रगत जमेको आशंका गरेपछि उनलाई ब्रेन ह्यामरेज भएको थियो।

डाक्टरहरूले शल्यक्रिया गरेर रगत जमेको हटाउने प्रयास गरेका थिए। यसपछि स्नेहललाई १४ दिन भेन्टिलेटरमा राखिएको थियो। तर उनको स्वास्थ्यमा सुधार भने नआएको डाक्टरलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन्। र १ मार्चमा उनको निधन भएको थियो।

पिता दिलीपले भनेका छन् “मेरी छोरी स्वास्थ्यकर्मी भएकै कारण खोप लगाउन बाध्य भइन्। उनका अनुसार ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया र अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स ले भ्याक्सिनको सुरक्षाबारे गलत बयान दिए।”

निवेदकले सिरम इन्स्टिच्युटले गलत प्रतिक्रिया दिएको पनि आरोप लगाएका छन्। खोपको कुनै साइड इफेक्ट नदेखिएको उनीहरूको भनाइ छ।

भारतको केन्द्र सरकारको ‘आफ्टर इफेक्ट्स फलोइङ इम्युनाइजेशन’ समितिले २ अक्टोबर २०२१ मा स्नेहलको मृत्यु भ्याक्सिनको साइड इफेक्टका कारण भएको स्वीकार गरेको निवेदनमा दाबी गरेको छ।

पिता दिलीपले राज्यका जिम्मेवार अधिकारीहरू र कोभिशिल्ड भ्याक्सिन बनाउने सिरम इन्स्टिच्युट पुणेबाट क्षतिपूर्ति रकम पाउनुपर्ने मागदाबी गरेका छन्। निवेदनमा स्नेहललाई शहीद घोषणा गरी उनको नाममा समर्पित अनुसन्धान प्रतिष्ठान खोल्न पनि माग गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved