पीडितको भिडिओ खिच्न लाग्दा मेनपावर सञ्चालकले कुटे युट्युबर (भिडिओसहित)

घाइते तीन जनाको बसुन्धारास्थित ग्रिन सिटी अस्पतालमा उपचार हुँदै

नेपालभ्युज

पीडितको भिडिओ खिच्न लाग्दा मेनपावर सञ्चालकले कुटे युट्युबर (भिडिओसहित)

काठमाडौं। मेनपावर सञ्चालक र उनका समर्थकले युटुबरलाई निर्घात कुटेका छन्। मंगबार साँझ सामाखुसीस्थित ट्रिपल स्टार मेनपावरका सञ्चालक र अरू मेनपावर व्यवसायीले युट्युबरहरूलाई घेरा हालेर कुटपिट गरेका हुन्।

कुटपिटबाट ३ जना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए। घाइते हुनेमा मेकिङ नेपाल युट्युब च्यानलका ३४ वर्षीय दिपेशराज पाण्डे, ४२ वर्षीय हरिप्रसाद पाठक र ३५ वर्षीय दशरथ भण्डारी छन्। घाइतेहरूको बसुन्धारास्थित ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ।

ट्रिपल स्टार मेनपावरले केही युवालाई दुबईमा अलपत्र पारेको भन्दै पीडितका आफन्तहरू १२ देखि १५ जना धर्नामा थिए। त्यहाँ आफूहरूले भिडिओ खिच्ने तयारी गर्दा ट्रिपल स्टार, वेष्टन, इसानलगायतका मेनपावरकाका सञ्चालक अरू समर्थकहरूले आक्रमण गरेको मेकिङ नेपाल युट्युब च्यानलका दिपेशराज पाण्डेले बताए। घाइते पाण्डेले नेपाल भ्यूजसँग भने, ‘‘४० जनाभन्दा बढी मानिस थिए। मलाई खेदाई खेदाई कुटियो। तीन वटा क्यामरा फुटाइयो। पहिला कोठा बन्द गरेर कुटियो। पछि भागेर तल आएँ। फेरि गेट बन्द गरेर खेदीखेदी घेरा हालेर कुटियो।’’

युटुबरलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved