मल र जलाधार क्षेत्र घोषणाको माग

भेटमा वनमन्त्री यादवले सांस्कृतिक नगरी भक्तपुरको सार्वजनिक स्थलहरुको संरक्षण र सम्बद्र्धनमा आवश्यक सहयोग गर्ने बताए।

नेपालभ्युज

मल र जलाधार क्षेत्र घोषणाको माग

भक्तपुर। नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको टोलीले शुक्रबार वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवलाई भेटेर मुहान पोखरीलाई जलाधार क्षेत्र घोषणा गर्न माग गरेका छन्।

सांसद सुवालले चागुनारायण नगरपालिकाको नगरकोटस्थित खानेपानी स्रोत रहेको क्षेत्रलाई जलाधार क्षेत्र घोषणा गरी खानेपानीको स्रोत बढाउन, भक्तपुर नपा सल्लाघारीस्थित चोङा गणेश मन्दिर परिसरलाई सांंस्कृतिक क्षेत्र घोषणा गर्न र भक्तपुरका नवदुर्गा पीठको संरक्षण गर्न आवश्यक बजेटको व्यवस्था गर्न वनमन्त्री यादवसँग माग गरे।

भेटमा वनमन्त्री यादवले सांस्कृतिक नगरी भक्तपुरको सार्वजनिक स्थलहरुको संरक्षण र सम्बद्र्धनमा आवश्यक सहयोग गर्ने बताए।

त्यसैगरी, सांसद सुवाल र नगर प्रमुख प्रजापतिसहितको टोलीले कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई भटेर किसानहरूलाई समयमै सुपथ मूल्यमा पर्याप्त रसायनिक मल उपलब्ध गराउन माग गरे।

सचिव डा. शर्माले कृषकको मागबमोजिम मन्त्रालय आवश्यक मलको व्यवस्थापनमा जुटेकाले भक्तपुरलाई आवश्यक मात्रामा रसायनिक मल उपलब्ध गराउन पहल गर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved