मेलम्ची आयोजनाको पुन: निर्माण समयमै सक्न निर्देशन

मेलम्ची आयोजनाको पुन: निर्माण समयमै सक्न निर्देशन

काठमाडौै‌ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आगामी चैत मसान्तभित्र काठमाडौँ उपत्यकावासीलाई मेलम्चीको पानी वितरण गर्ने गरी काम सम्पन्न गर्न निर्देशन दिएका छन्। गत असारमा आएको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको समयमै पुनःस्थापना गर्न उनले ठेकेदार कम्पनी र आयोजनाका कर्मचारीलाई निर्देशन दिएका हुन्।

आज आयोजनास्थलको स्थलगत निरीक्षण गर्न मेलम्ची पुगेका मन्त्री चौधरीले चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोका कर्मचारीलाई सम्झौताअनुसार निर्धारित मितिमै द्रुत गतिमा काम पूरा गर्न निर्देशन दिएका हुन्।

परीक्षणका रुपमा सो आयोजनाबाट काठमाडौँ उपत्यकामा पानी आपूर्ति गरिएकामा गत असार १ गते र त्यसपछि मेलम्ची नदीमा आएको बाढीपहिराले गम्भीर क्षति पुर्याएको थियो। त्यसयता, आयोजनाको पुनःनिर्माणका लागि सरकारले सिनो हाइड्रोसँग सम्झौता गरिसकेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले यही माघ ७ गते देशवासीको नाममा सम्बोधन गर्ने क्रममा यसै वर्षभित्र आयोजनालाई पुनःसञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved