सल्यानमा विष पिएर ६५ वर्षीय वृद्धले गरे आत्महत्या

नेपालभ्युज

सल्यानमा विष पिएर ६५ वर्षीय वृद्धले गरे आत्महत्या

सल्यान। सल्यानमा ६५ वर्षीय वृद्धले आत्महत्या गरेका छन्।

बिहीबार बिहान करिब ९ बजे बागचौर नगरपालिका-१० पिपलनेटाका रामप्रसाद खत्रीले आफ्नै घरमा विष पिएर आत्महत्या गरेका प्रहरीले जनाएको छ।

विष सेवन गरेर बेहोस भएका उनलाई उपचार गर्न जिल्ला अस्पताल सल्यान लगिएको थियो। त्यही क्रममा उनको ज्यान गएको प्रदेश प्रहरी कार्यालय कर्णालीले जनाएको छ।

घटनाबारे आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी खटाइएको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved