प्रदेश १ को प्रदेशसभा बैठक तत्काल बोलाउन एमालेको माग

नेपालभ्युज

प्रदेश १ को प्रदेशसभा बैठक तत्काल बोलाउन एमालेको माग

विराटनगर। नेकपा (एमाले) प्रदेश १ को संसदीय दलले चाँडै प्रदेशसभाको बैठक बोलाउन सरकारको ध्यानाकर्षण गराएको छ। एमालेको संसदीय दलको आज (बुधबार) बसेको बैठकले विभिन्न सात बुँदे माग राख्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो।

मुख्यमन्त्री बन्ने प्रयोजनपछि सकिएपछि ३ महिनादेखि प्रदेशसभा बैठक नबोलाएको भन्दै चाँडै प्रदेशसभाको बैठक बोलाउन सरकारको ध्यानाकर्षण गराएको एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बैठकले गरेको निर्णयबारे जानकारी दिए।

जनताको समस्या उठाइने प्रदेशसभा ३ महिनादेखि स्थगन भएको उनले बताए। एमालेले आफू नेतृत्वको सरकारले गरेका निर्णयलाई अहिलेको सरकारले जथाभाबी खारेज गर्ने र एमाले सांसदका क्षेत्रमा विनियोजित बजेट कटौती रोक्न पनि माग गरेको उनले बताए।

सरकारले कोरोनाविरुद्ध खोपको गति बढाउन नसकेको र जनस्वास्थ्यमा ठूलो असर पुगेकाले खोपको समानुपातिक वितरणमा ध्यान दिनुपर्ने संसदीय दलको बैठकले निर्णय गरेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved