कोरोना संक्रमित बढे तर गम्भीर समस्या छैन : मन्त्रालय

सक्रिय संक्रमित अहिलेसम्मकै उच्च देखिए पनि हाल एक हजार ८१९ जना मात्रै अस्पतालमा भर्ना छन्। तीमध्ये २५१ जना आईसीयू र ४८ जना भेन्टिलेटरमा उपचाररत छन्।

नेपालभ्युज

कोरोना संक्रमित बढे तर गम्भीर समस्या छैन : मन्त्रालय

काठमाडौं। नेपालमा सक्रिय संक्रमितको संख्या हालसम्मकै उच्च पुगेको छ। पछिल्लो २४ घण्टामा थप आठ हजार ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको हो, जुन नेपालमा यति धेरै सक्रिय संक्रमित रहेको पहिलोपटक हो।

नेपालमा वैशाखदेखि जेठसम्म कोरोना भाइरसको दोस्रो लहर चलेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार त्यो बेला कोरोनाको डेल्टा भेरियन्टले अहिलेको तुलनामा आईसीयूमा भर्ना हुने दर चार गुणा बढी थियो भने भेन्टिलेटरमा राख्नुपर्ने बिरामी पाँच गुणा बढी थिए।

यसपटक संक्रमित बनेका अधिकांश होम आइसोलेसनमै रहेको मन्त्रालयअन्तर्गत ईपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बताए।

त्यस्तै दोस्रो लहरभन्दा यो पटक अस्पताल भर्ना हुनेको संख्या पनि पाँच गुणा कम रहेको जानकारी उनले दिए।

सक्रिय संक्रमित अहिलेसम्मकै उच्च देखिए पनि हाल एक हजार ८१९ जना मात्रै अस्पतालमा भर्ना छन्। तीमध्ये २५१ जना आईसीयू र ४८ जना भेन्टिलेटरमा उपचाररत छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved