नागरिक अगुवाको अपिलः मन्त्री यादवको अभिव्यक्ति दण्डहीनताको प्रतिफल हो, तत्काल कारबाही गरियोस्

नेपालभ्युज

नागरिक अगुवाको अपिलः मन्त्री यादवको अभिव्यक्ति दण्डहीनताको प्रतिफल हो, तत्काल कारबाही गरियोस्

काठमाडौं। संघीय सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको अभिव्यक्तिप्रति नागरिक अगुवाहरूले आपत्ति जनाएका छन्। उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गरी कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

५ माघमा रौतहटको गौरमा आयोजित कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई लक्षित गर्दै ‘तुफानसँग भिड्न आए तपाईंको उही हालत हुनेछ जे गौरको राइस मिलमा भएको थियो।’ भनेकी थिइन्।

३ चैत २०६३ मा गौर हत्या काण्ड भएको थियो। तत्कालीन मधेशी जनअधिकार फोरमको अग्रसरतामा भएको घटनामा २८ जना माओवादी समर्थक व्यक्तिहरूको निधन भएको थियो।

मन्त्री यादवको अभिव्यक्तिले उक्त हत्याकाण्डमा उनको दलको समेत सहभागिता भएको स्वीकारोक्ति सार्वजनिक भएको थियो।

आठ जना नागरिक अगुवाहरूको नाम उल्लेख रहेको उक्त अपीलमा बहालवाला मन्त्रीले व्यक्तिले हत्याको धम्की दिनु र विगतका हत्याकाण्डमा सामेल भएको विषयलाई गर्वका साथ स्वामित्व लिनु मुलुकमा जारी दण्डहीनताको प्रतिफल भनिएको छ।

साथै मन्त्री यादवको हिंसात्मक अभिव्यक्ति सार्वजनिक भएको तीन दिनसम्म नेपाल सरकारबाट कुनै चासो, चिन्ता वा सरोकार व्यक्त नहुनुले यस्तो हिंसात्मक सोच र कार्य संघीय सरकारको धारणा हो कि होइन भन्ने उनीहरूले प्रश्नसमेत गरेका छन्।

हस्ताक्षरकर्ताहरू

१ डा केदानरनरसिंह केसी

२ चरण प्रसाई

३ गणेशकुमार मण्डल

४ सुशील प्याकुरेल

५  तारानाथ दाहाल

६ इन्द्र अर्याल

७ महामुनीश्वर आचार्य

८ कनकमणि दीक्षित


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved