मौरिससविरुद्ध खेल्न तयार छौँ, नयाँ खेलाडीले मौका पाउँछन्ः मुख्य प्रशिक्षक अल्मुताइरी

फिफा विन्डोमा नेपालले मौरिसससँग १५ र १८ माघमा दशरथ रंगशालामा दुई ओटा मैत्रीपूर्ण खेल खेल्दैछ।

नेपालभ्युज

मौरिससविरुद्ध खेल्न तयार छौँ, नयाँ खेलाडीले मौका पाउँछन्ः मुख्य प्रशिक्षक अल्मुताइरी

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मौरिसस विरुद्धको खेलका लागि तयार रहेको बताएका छन्। राष्ट्रिय टिमको बन्द प्रशिक्षक शुरु भएसँगै अल्मुताइरीले तयार रहेको बताएका हुन्।

एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रशिक्षण शुरु भएसँगै मुख्य प्रशिक्षक अल्मुताइरीले मौरिससविरुद्ध खेल्न तयारी अवस्थामा रहेको प्रतिक्रिया दिएका हुन्। उनले उक्त खेलमा नयाँ खेलाडीहरुलाई मौका दिने पनि बताए।

यससँगै हिजो मंगलबारदेखि राष्ट्रिय टिमको प्रशिक्षण शुरु भएको छ। सोमबार शहीद स्मारक ए डिभिजन लिगको नवौँ चरणको खेल सकिएसँगै मंगलबारदेखि लिगका खेल रोकेर राष्ट्रिय टोलीको प्रशिक्षण शुरु भएको हो।

पहिलो चरणमा अल्मुताइरीले राट्रिय टिममा ३५ खेलाडीलाई बोलाएका छन्। जसमध्ये हिजोको प्रशिक्षणमा २८ जना खेलाडी सातदोबाटोको एन्फा मैदानमा उपस्थित थिए।

फिफा विन्डोमा हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमले प्रशिक्षण शुरु गरेको हो। फिफा विन्डोमा नेपालले मौरिसससँग १५ र १८ माघमा दशरथ रंगशालामा दुई ओटा मैत्रीपूर्ण खेल खेल्दैछ।

यसैबीच, मुख्य प्रशिक्षक अल्मुताइरीले सहायक प्रशिक्षकका रुपमा संकटा क्लबका मुख्य प्रशिक्षक विष्णु गुरुङलाई बोलाएका छन्। मौरिससविरुद्धको खेलका लागि उनलाई दोस्रो सहायक प्रशिक्षकका रुपमा टिममा बोलाइएको हो।

यसपटक चोटबाट मुक्त भएर फर्किएका विमल घर्तिमगरसँगै लामो समयदेखि अष्ट्रेलियामा रहेका जगजित श्रेष्ठले पनि कमब्याक गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved