सर्लाहीको हरिवनमा बस दुर्घटना हुँदा १७ घाइते, तीनको अवस्था गम्भीर

नेपालभ्युज

सर्लाहीको हरिवनमा बस दुर्घटना हुँदा १७ घाइते, तीनको अवस्था गम्भीर

सर्लाही । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा मंगलबार दिउँसो यात्रु बस पल्टिएको छ। बस पल्टिँदा १७ जना यात्रु घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ आइरहेको ना. ५ ख.५०५५ नम्बरको अग्‍नी यातायात प्रा. लि.को बस दिउँसो करिब पौने ३ बजे हरिवन नगरपालिका–९, नोचामा पल्टिएको बस पूर्व–पश्चिम राजमार्गबाट तल खसेको थियो।

बसमा घाइते भएका १७ जनामध्ये तीनजनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। घाइतेहरुको हरिवनस्थित नमुना अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved