ओमिक्रोनको सामना गर्न सरकार सक्षम छ : मन्त्री खतिवडा

नेपालभ्युज

ओमिक्रोनको सामना गर्न सरकार सक्षम छ : मन्त्री खतिवडा
फाइल तस्वीर

सुनसरी। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ओमिक्रोनको सामना गर्न सरकार सक्षम रहेको बताएका छन्। सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला प्रशासन कार्यालयमा आज मन्त्री खतिवडाले पर्याप्त स्रोत साधनको उपलब्धता रहेकाले ओमिक्रोनसँग जुध्न सरकार सक्षम रहेको बताए।

ओमिक्रोन यसअघिका भेरियन्टभन्दा कमजोर रहेको बताउँँदै मन्त्री खतिवडाले स्वयं सावधानी अपनाउन सके आइपरेको समस्याबाट सहजै पार पाउन सकिने धारणा व्यक्त गरे। कोरोनाको सम्बन्धमा अवस्था हेरेर स्थानीय प्रशासनले आफू पायक निर्णय लिन सक्ने उनले बताए।

सबैलाई खोप दिलाउने लक्ष्यमा सरकार अघि बढेको भन्दै उनले पूर्ण खोप लगाएको हकमा बुस्टर डोजमा पुगेको जानकारी दिए। उनले बालबालिकाका लागि छिट्टै कोरोना खोप उपलब्ध गराइने बताए। कोरोनाको बढ्दो सङ्क्रमणको अवस्थालाई मनन गरेर स्थानीय तहले सोही अनुरुपको तयारी थाल्नुपर्ने उनले उल्लेख गरे। सरकार लकडाउनको पक्षमा नरहेको मन्त्री खतिवडाले स्पष्ट पारे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved