मन्त्रिपरिषद्को निर्णयः १५ माघसम्म सिनेमा हल र जिम बन्द

नेपालभ्युज

काठमाडौं। सरकारले १५ माघसम्म फिल्म हल र जिम बन्द गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणको बढ्दो क्रमलाई नियन्त्रणमा लिनका लागि फिल्म हल र जिम १५ माघसम्मका लागि बन्द गर्ने निर्णय हो।

यसअघि नै सरकारले शैक्षिक संस्थाहरुलाई १५ माघसम्मका लागि बन्द गरिसकेको छ।

सँगसँगै, सार्वजनिक स्थानमा २५ जनाभन्दा बढीलाई भेला हुन तथा भीडभाड गर्न रोक लगाएको छ।

सरकारले राजनीतिक भेला, महोत्सव र सम्मेलनहरुमा पनि यसअघि नै प्रतिबन्ध लगाइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved