सुनचाँदीको भाउ घट्यो

नेपालभ्युज

सुनचाँदीको भाउ घट्यो

काठमाडौं। आइतबार नेपाली बजारमा सुनचाँदी दुवैको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले र चाँदी १० रुपैयाँले घट्न पुगेको हो।
महासंघका अनुसार घटेको मूल्य अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ र चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार सुन ९२ हजार ७०० रुपैयाँ र चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, यता आज तेजाबी सुनको मूल्य समेत तोलामा ३०० रुपैयाँले नै घट्दै ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved