सुर्खेतमा एकै परिवारका चार जनाको निसासिएर मृत्यु

नेपालभ्युज

सुर्खेतमा एकै परिवारका चार जनाको निसासिएर मृत्यु
सांकेतिक तस्वीर।

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा एकै परिवारका चार जनाको निसासिएर मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा एकै परिवारका चार जनाको निसासिएर मृत्यु भएको प्रहरीले बताएको छ।

मृत्यु हुनेमा शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पना बुढा, उनका आठ वर्षीय छोरा नीरज छन्।

यस्तै नौ वर्षीय अर्का छोरा चिरञ्जीवी र कल्पनाकै दाजुको पाँच वर्षीय छोरा सम्राट घरमै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरमा कोइला बाली झ्याल ढोका लगाएर बस्दा उनीहरूको मृत्यु भएको हुन सक्ने आशंका गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved