अभिभावकले नस्विकार्ने डर : एउटै हाँगामा झुण्डिएर जोडीले गरे आत्महत्या !

नेपालभ्युज

अभिभावकले नस्विकार्ने डर : एउटै हाँगामा झुण्डिएर जोडीले गरे आत्महत्या !

सर्लाही । कविलासी नगरपालिकामा एक जोडीले झुण्डिएर आत्महत्या गरेका छन्। सिर्सिया गाउँका उनीहरू आँपको रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए।

कविलासी नगरपालिका वडा नम्बर-८ सिर्सिया गाउँ निवासी १९ वर्षीय चन्दन पासवान र १७ वर्षीया गनिता कुमारी राम स्थानीय रामचन्द्र साहको बगैंचामा एउटै हाँगामा झुण्डिएको अवस्थामा फेला परेका हुन्। पासवान सर्लाही क्याम्पस मलंगवामा स्नातक तह पढ्दै गरेका थिए भने राम भने अनपढ रहेकी बताइएको छ।

घटना शुक्रबारको हो। सर्लाही प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद बुढाथोकीका अनुसार उनीहरू प्रेम सम्बन्धमा रहेको बुझिएको छ। तर यसबारे मृतकका अभिभावकहरूले भने आफूहरूलाई केही जानकारी नभएको बताएका छन्।

घटनाबारे प्रहरीले विस्तृतमा अनुसन्धान गरिरहेको बुढाथोकीले बताए। ती युवकका साथीहरुका अनुसार ती दुईबीच प्रेम सम्बन्ध रहेको बताएका छन्। उमेर पनि नपुगेको र अभिभावकलाई जानकारी गराउँदा नमान्ने डरले उनीहरूले मृत्युको बाटो रोजेको हुन सक्ने स्थानीयको भनाइ छ। यद्यपि घटनाको खास कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन।

बिहीबार राति १० बजेसम्म युवती घरमै देखिएकी तर राति १२ बजेतिर उनीहरू दुवैले सल्लाहमै झुण्डिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ। तीन दुवैले आआफ्नो लुगालाई पासो बनाई झुण्डिएको अवस्थामा फेला परेका हुन्। शुक्रबार बिहान स्थानीयले देख‍ेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved