प्रदेश एकमा ४६ जनामा कोरोना संक्रमण

नेपालभ्युज

प्रदेश एकमा ४६ जनामा कोरोना संक्रमण

काठमाडौं। प्रदेश–१ मा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना सङ्क्रमण देखिएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार ३७८ जनाको पीसीआर परीक्षण गर्दा ३४ र १४१ को एन्टिजेन परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३, सुनसरीमा छ, झापामा दुई र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो।

मोरङको विराटनगरमा १८, कानेपोखरी र बेलबारीमा दुई/दुर्ई र उर्लाबारीमा एक, सुनसरीको इटहरीमा तीन, धरान, बराहक्षेत्र र स्थानीय तह नखुलेका एक/एक, झापाको शिवसताक्षी र बिर्तामोडमा एक/एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो।

प्रदेश–१ मा आज नौ महिलासहित १६ कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङख्या १६८ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved