मुलुकभर आंशिक बदली, कोशीसहितका केही प्रदेशमा वर्षा जारी

नेपालभ्युज

मुलुकभर आंशिक बदली, कोशीसहितका केही प्रदेशमा वर्षा जारी
सांकेतिक तश्वीर

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।

जसका कारण देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित वर्षा भइरहेको छ ।

आज दिउँसो पनि कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राती कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग÷हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २७ दशमलव ६ डिग्री सम्म पुग्ने अनुमान गरिएको छ । गएको २४ घण्टामा काठमाडौंमा १२ दशमलव ७ मिलिमिटर वर्षा भएको छ । सबै भन्दा धेरै विराटनगरमा ९१ दशमलव ५ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved