संसदको बर्खे अधिवेशन आजदेखि सुरु हुँदै, शीर्ष नेताले सम्वोधन गर्ने

नेपालभ्युज

संसदको बर्खे अधिवेशन आजदेखि सुरु हुँदै, शीर्ष नेताले सम्वोधन गर्ने

काठमाडौं । बजेट अधिवेशन भनिने आजदेखि सुरु हुँदैछ । संसद अन्तर्गतका दुवै सदनको बैठक दिउँसो २ बजे बोलाइएको छ ।

संसद बैठक अघि संसदको कार्यसूची तय गर्न मध्यान्ह १२ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । संघीय संसद्को बर्खे अधिवेशनका रुपमा चिनिने अधिववेशनले नयाँ आर्थिक वर्षका लागि बजेट ल्याउने छ ।

यसअघिका बैठक अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यो बैठक पनि चल्न नदिने संकेत गरेको छ । सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको विषयमा छानबिन गर्न कांग्रेसले संसदीय समिति गठनको माग गर्दै आएको छ ।

संसद्को अघिल्लो अधिवेशनको अन्त्यतिर पनि उसले यही माग राख्दै सदन अवरोध गरेको थियो । कांग्रेसको मागका विषयमा सहमति खोज्न सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहिन भएको थियो ।

सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दल आआफ्ना मागमा अडिग रहेपछि बैठक निष्कर्षविहीन बनेको हो ।

कांग्रेसले संसदीय छानवीन समितिको टिओआरमै गृहमन्त्रीमाथि छानबिनको विषय उल्लेख गर्नु पर्ने बताउदै आएको छ । संसदीय छानबिन समितिलाई बटमलाइन बनाएको कांग्रेसका कारण संसद बर्खे अधिवेशन पनि प्रभावित हुने देखिन्छ ।

संसदको पहिलो दिन दलका शीर्ष नेताले संसदमा सम्वोधन गर्ने बताइएको छ । गृहमन्त्री लामिछानेले पनि दलका नेताका रुपमा संसदलाई सम्बोधन गर्ने भएपनि गृहमन्त्रीकारुपमा भने उनलाई बोल्न नदिने कांग्रेसले बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved