डिश होम शुरु गर्दा एक किसिमको बजार थियो, अहिले हामी ‘पिक’मा पुगेका छौँ : सुदीप आचार्य (भिडिओ अन्तर्वार्ता)

नेपालभ्युज

डिश होम शुरु गर्दा एक किसिमको बजार थियो, अहिले हामी ‘पिक’मा पुगेका छौँ : सुदीप आचार्य (भिडिओ अन्तर्वार्ता)

नेपाली बजारको एक मात्रै स्याटेलाइट प्रविधिमा आधारित डीटीएच, डिश होम नेपाल कम्पनीको सेवा विस्तार बढिरहेको छ। शुरुमा टेलिभिजन सेवा मात्रै दिइरहेको डिशहोम पछिल्लो समय इन्टरनेटको विस्तारमा पनि धमाधम काम गरिरहेको छ।

डिश मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित डिश होमको स्थापना सन् २०१० मा भएको हो। दुई मुख्य डीटीएच प्रदायकहरू, होम टीभी र डिश नेपाल संयुक्त भएपछि डिश होम बनेको छ। डिश होमको बजार, कोरोनजा महामारीले पारेको असरबारे डिश होमका प्रबन्ध निर्देशक सुदीप आचार्यसँग गरिएको कुराकानीः

कोरोना महामारीपश्चात् कत्तिको सहज वा असहज छ निजी क्षेत्रका लागि ?

अहिले त अलिकति खुकुलो भएको भएर सहज भयो। कोरोना महामारीको शुरुआती चरणमा भने निकै गाह्रो थियो। सरकारले पनि त्यतिबेला सेवा क्षेत्र त्यसमाथि अत्यावश्यक क्षेत्रभित्र त राखेको थियो। जजसका कारण जस्तोसुकै अवस्थामा पनि हामीले घर बसन पाइएन। डिश होम मिडिया प्रालिका दुई वटा प्रमुख बिजनेश छन्। ती हुन्, डिशहोम फाइबरमार्फत इन्टरनेट सेवा प्रदान गर्छौं यो शुरु गरेको डेढ वर्षजति पुगेको छ। अर्को भनेको पहिलेदेखि नै दिइरहेको टीभी च्यानल वितरण गरिरहेका थियौं।

कोरोना महामारी शुरु हुने बेला हामी इन्टर सेवाका लागि संरचनाहरू निर्माण गरिरहेका थियौं। एकाएक बन्द भएपछि हामीले बाहिरबाट ल्याउने सामानहरू ल्याउन पाएनौं भने यही काम गर्ने मानिसहरूलाई पनि राम्रोसँग काममा लगाउन पाएनौं।

यत्ति मात्रै होइन, घरघरमा गएर इनटरनेटबारे जानकारी दिएर कन्भिस गराएर इन्स्टल’ गराउन निकै गाह्रो थियो। त्यसमाथि हामी नयाँ भएर पनि पटक पटक अनुमति लिनुपर्ने बाध्यता थियो। डिशहोम इन्टरनेट सेवा प्रदायक हो र भन्ने प्रश्नहरू पनि थिए। त्यति हुँदा हुँदै पनि इन्टरनेट आवश्यकता त्यतिबेला अत्यन्तै बढेको हुँदा बरु सजिलो थियो। तर उपत्यका बाहिर डिशहोमको टेलिभिजनका लागि अप्ठेरो भयो। किनभने स्थानीय तहले टेलिभिजनलाई अत्यावश्यकको सूचीमा राखेको छ कि छैन भनेर पत्याएको थिएन।

सेवाको बिजनेसलाई कोरोना महामारीमा अझै अप्ठेरो पारेको हो ?

हामी सीधै ग्राहकसँग सम्पर्क राख्ने क्षेत्रमा छौं। त्यसमाथि कोरोना महामारीमा इन्टरनेट र टेलिभिजन आम मानिसलाई अनिवार्य थियो। कोरोना महामारीबारे आममानिसले सबैभन्दा बढी कसरी थाहा पाए भन्ने अध्ययनमा टेलिभिजन अगाडि छ। त्यसकारण यो अनिवार्य बन्यो तर, फिल्डमा पुग्नमा लागि निकै अप्ठेरो थियो। हामीले संविधानको हकलाई जनतासामु प्रत्याभूत गराउनका लागि जे काम गर्‍यौं त्यो अनिवार्य थियो तर सहज थिएन।

संविधानप्रदत्त अधिकार प्रत्याभ”त गराउन महत्वपूर्ण भूमिका त खेल्नुभयो। तर, यो बीचमा कयौं मानिस गाँस र बासकै लागि भौतारिएको देखियो। यस्तो बेलाको व्यापारिक अनुभव कस्तो रह्यो ?

हाम्रो व्यापारको प्रकृति फरक हो। कोरोना महामारीले इन्टरनेटको अपरिहार्यता देखायो। हामीले काम गर्ने क्रममा भने ‘वर्क फ्रम होम’को कन्सेप्टलाई प्राथमिकता दियौं।जसका कारण इन्टरनेटको बजारमा विस्तार सहज बन्यो। अर्को कुरा माथि नै भनिसकेँ कि, कोरोना महामारीबारे सबैभन्दा बढी जानकारी टेलिभिजनले दियो। यसको अर्थ टेलिभिजन प्रयोग पनि योबीचमा ह्वात्तै बढ्यो। जसका कारण कठिनायीबीच व्यापारिक हिसाबले हामीलाई सहज भयो।

सामाजिक उत्तदायित्वअन्तर्गत तपाईंहरूले केही काम गर्नुभयो ?

योबीचमा हामीले विभिन्न सामाजिक उत्तरदायित्व पूरा गर्‍यौं। कोरोना महामारीसँगथ सम्बन्धित सार्वजनिक सूचना र जानकारीका भिडिओ सन्देशहरू हामीले प्रसारण गर्‍यौं। त्योबाहेक मास्क र सेनिटाइजर पनि बाँड्यौं।

अहिले नेपाली अर्थबजारको अवस्था कस्तो देख्नुहुन्छ ?

अहिले नेपाली अर्थतन्त्र अप्ठेरो अवस्थामा नै छ। निजी क्षेत्र महामारीपछि विभिन्न समस्यामा छ भने बैंकिङ क्षेत्रमा तरलता संकट चुलिएको छ। वैदेशिक रोजगारीमा जान नपाउँदा रेमिट्यान्स घटेको छ। बेरोजगारी बढेको छ। यस्तै ह्वात्ते बढेको आयातले पनि अर्थतन्त्रमा गम्भीर असर पारेको हो। तर, यति हुँदाहुँदै पनि केही अवसरहरू सिर्जना भएको छ। पुँजीबजारमा लगानी भएको छ। जलविद्युत् क्षेत्रमा लगानी बढेको छ।

अब डिशहोमको कुरा, अहिलेको तपाईंहरूको बजार कस्तो छ?

डिशहोम हामीले शुरु गर्दा एक किसिमको बजार थियो। अहिले हामी पिकमा पुगेका छौं। चार सय जनालाई प्रत्यक्ष रोजगारी दिएका छौं भने अप्रत्यक्ष रूपमा ३० हजारभन्दा बढीलाई दिएका छौं। हामी शेयर बजारमा जाने पनि तयारीमा छौं।

डिशहोमको इतिहास अझै स्थापनाकाल सम्झिनुस् न, यहाँसम्म कसरी आइपुग्नुभो?

डिशहोमको इतिहास सम्झनालायक छ। हामाीले निकै उतारचढाव बेहोरेका छौं। तर, यो व्यापारको प्रकृति नै हो। छिटो आत्तिने र मात्तिने प्रवृत्तिले व्यापार सहज हुँदैन। यसको उदाहरण डिशहोम नै हो। हामी त्यतिबेला आत्तिएको भएको नेपालमा डीटीएच भन्ने सायदै हुन्थ्यो।

होम टीभी र डिश नेपाल मिलेर डिशहोम बनेको हो। ११ वर्ष अगाडि हाम्रो शुरुआतको पुँजी ६० करोड थियो अहिले हाम्रो पुँजी २०१ करोड पुगेको छ।

डिशहोमको अबको लक्ष के हो?

हाम्रो प्रमुख उद्देश्य नै हरेक नेपालीको घरघरमा जोडिने हो। यो उद्देश्य पूरा गर्न घरघरमा इन्टरनेट पुर्‍याइरहेका छौं। ग्राहकको सहजतालाई ख्याल गरेर हामी अगाडि बढ्नेछौं। अहिले प्रमुख शहरहरूमा इन्टरनेट पनि पुर्‍याइसकेका छौं। तर, इन्टरनेटको बजारमा धेरै प्रतिस्पर्धी छन्। प्रतिस्पर्धामा हामी ग्राहकको सेवालाई ध्यान दिइरहेका छौं।

अत्यमा डिशहोमका ग्राहकलाई के भन्नुहुन्छ ?

हम्रो प्रमुख उद्देश्य गहकको अनुभव हो। सेवालाई कसरी प्रभावकारी दिन सक्छौं त्यसमा विशेष ध्यान दिनेछौं। हाम्रो टेलिभिजन सेवालाई ग्राहकले जसरी साथ दिएका थिए। त्यसरी नै इन्टरनेटमा पनि साथ दिनेछन् भन्ने विश्वास छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved