अत्यधिक चिसोले धनुषा र सप्तरीमा दुई जनाको मृत्यु

नेपालभ्युज

अत्यधिक चिसोले धनुषा र सप्तरीमा दुई जनाको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं। चिसो र शीतलहरले धनुषा र सप्तरीमा एकएक जनाको ज्यान गएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० बर्सिया समुद्रदेवी यादव र सप्तरीको महादेव गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुरको कठ्याङ्ग्रिएर ज्यान गएको हो।

यादवको जनकपुरधाममा रहेको प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवले जानकारी दिए।

चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाका चार पालिकाले विद्यालयमा बिदा दिएका छन् । क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले विद्यालय बन्द गरेको जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved