नबिल र नेपाल बंगलादेश बैंकको मर्जर तत्काल हुने

मंगलबार दुवै बैंकले मर्जर समितिको बैठक बोलाएका छन्। मर्जर समितिले मर्जरका शर्तहरु टुंग्याएपछि दुवै बैंकको सञ्चालक समितिले त्यसको अध्ययन गरेर अनुमोदन गर्ने छ।

नेपालभ्युज

नबिल र नेपाल बंगलादेश बैंकको मर्जर तत्काल हुने

काठमाडौं। नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकको मर्जर तत्काल हुने भएको छ। नबिलले एनबी बैंकलाई गाभ्ने अनौपचारिक सहमति यसअघि नै भइसकेको छ।

एनबी बैंकको मुख्य शेयरधनी बंगलादेशको आईएफआईसी बैंकको सम्पूर्ण शेयर (एनबीको चुक्ता पूँजीको ४१ प्रतिशत) नबिलको मुख्य साझेदार चौधरी समूहले खरिद गर्ने पक्का पक्की पनि भइसकेको छ। बैंक मर्जर समितिको बैठकमा प्रारम्भिक मर्जरको मस्यौदाबारे छलफल भएको छ।

नबिल बैंकले उदयकृष्ण उपाध्याय र एनबी बैंकले इन्द्रबहादुर थापाको नेतृत्वमा मर्जर समिति बनाएको छ। समितिमा दुवै बैंकका अन्य दुई/दुई जना सञ्चालक र व्यवस्थापनका केही कर्मचारीहरु पनि छन्।

नबिलको मुख्य साझेदारले शेयर किन्ने तय भएसँगै मर्जर प्रक्रिया पनि अगाडि बढाउनका लागि मर्जर कसरी, कुन मूल्यमा, कुन शर्तहरुमा गर्ने भनेर तय गर्ने छ।

मंगलबार दुवै बैंकले मर्जर समितिको बैठक बोलाएका छन्। मर्जर समितिले मर्जरका शर्तहरु टुंग्याएपछि दुवै बैंकको सञ्चालक समितिले त्यसको अध्ययन गरेर अनुमोदन गर्ने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved