‘आयल निगम नाफामुखी होइन, सेवामुखी हो’

नेपालभ्युज

‘आयल निगम नाफामुखी होइन, सेवामुखी हो’

काठमाडौं। उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले सरकारी संस्थानका रुपमा रहेको नेपाल आयल निगम सेवामुखी रहेको दाबी गरेका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार राजधानीमा आयोजना गरेको ‘पेट्रोलियम पदार्थको सहज आपुर्ति र स्वचालित मुल्य प्रणाली सम्बन्धित’ अन्तक्रियामा बोल्दै सचिव भट्टराईले निगमले नाफा कमाए राज्यको खातामा जाने र घाटा भए त्यसको भार राज्यले  ब्यहोर्ने बताए।

९९ प्रतिशत शेयर सरकारको रहेकाले निगम पारदर्शी रहेको उनको दाबी छ। स्वचालित मुल्य प्रणाली लागु गर्दा उपभोक्तालाई थप मार पर्ने भएकाले पूर्ण कार्यान्वयन गर्न नसकिएको उनले बताए।

सचिव भट्टराईले जनजीवनमा असर नपर्ने र निगम जिवित रहने गरी मुल्य समायोजन गरिदैं आएको बताए।

नेपाल आयल निगमले पेट्रोलिय पदार्थमा मुल्य वृद्धि गर्दा जनताले निगम प्रति नकारात्मक धारण राख्ने हुँदा निगममाथि जनताको गतल धारण सृजना हुने गरी रिपोर्टिङ्ग नगरीदिन सचिवदिनेश भट्टराई पत्रकारलाई आग्रह गरे।

”पेट्रोलिय पदार्थमा नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय मुलुकमा कर बढी लिने गरेको पाइन्छ। भारतसमेत नेपालको भन्दा ३० रुपैया बढी कर लिने गरेको छ। भारतबाट ल्याएको तेल नेपालले भारतको भन्दा ३० देखि ४० रुपैयाँ सस्तो बिक्री गर्छ,” भट्टराईले भने।  सरकारी निकाय नै भएको हुँदा निगमले नाफा कमाउने नभएर जनताको सेवा गर्ने गरेको सचिव भट्टराईले बताए।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले अन्तराष्ट्रिय बजारमा बढेको इन्धनको मुल्य र इन्धनमा लगाइएको राजस्वका कारण मुल्य बढ्न गएको बताए।

”पछिल्लो समय अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्य बढेर आएकाले निगम अहिले मासिक ३ अर्ब ७० करोड घाटामा रहेको छ,” उनले भने,”मुल्य स्थिरिकरण कोषको रकमले तिन महिना पनि धान्न नसकिएने अवस्थामा भएकाले पछि के गर्ने भनेर चलाएका छौनौ।”

कर्मचारी बोनसवापत छुटाएको रकम र कर्मचारी आवास कोषमा जम्मा भएको रकम इन्धन खरिदमा सकिएकाले अब कोषमा भएको रकम खर्च गर्नुपर्ने अवस्था आएको उनले जानकारी दिए।

निगमले २०५८ सालदेखि कर्मचारीलाई बोनस रकम वितरण नगरेको उनले बताए। निगमसँग इन्धनको भन्डारण क्षमता न्यून भएकाले भन्डारण क्षमतासँगै अन्य पूर्वाधारका काम अगाडि बढाइरहेको उनले बताए।

कार्यक्रममा पेट्रोलियम पदार्थको आपुर्तिको अवस्था स्वचालित मुल्य प्रणालीको सान्दर्भिकता र पेट्रोलियम पदार्थको हालको पुर्वाधार विकास र भविष्यको प्रक्षेपण,पेट्रोलियम पदार्थको समसामयिक विषयवस्तु र ऊर्जाको सुक्षा विषय कार्यपत्र प्रस्तुत गरिएको थियो।

निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले र निर्देशक भरत रेग्मीले कार्यपत्र प्रस्तुत गरेका थिए। सेजनका अध्यक्ष जनार्दन बरालले उपभोक्तालाई असर नपर्ने गरी मुल्य समायोजन गर्नुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved