माओवादी महाधिवेशन : सहमतिमै नेतृत्व चयनको कसरत

नेकपा (माओवादी)केन्द्रले पदाधिकारीसहितको २९९ सदस्यीय केन्द्रीय कमिटी सहमतिमै चयन गर्ने कसरत अघि बढाएको छ।

नेपालभ्युज

माओवादी महाधिवेशन : सहमतिमै नेतृत्व चयनको कसरत

काठमाडौं। नेकपा (माओवादी)केन्द्रले पदाधिकारीसहितको २९९ सदस्यीय केन्द्रीय कमिटी सहमतिमै चयन गर्ने कसरत अघि बढाएको छ।

जारी आठौँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकतामा राखेको माओवादीले सहमतिकै पहल गर्न भन्दै निर्वाचन कार्यक्रम स्थगन गरेको छ। उसले बन्दसत्र पनि स्थगित गरेको छ।

अहिले शीर्षस्थ नेताहरु सहमति जुटाउन व्यस्त छन्। दिउँसो १ बजेसम्मका लागि बन्दसत्र स्थगित गरिएको छ। त्यसअघि नै सहमति जुटाउने माओवादीको तयारी छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले पार्टीका नेताहरूसँग छलफलमा छन्।

केन्द्रीय कमिटीका लागि भूगोल सात र एक विशेष प्रदेश गरी आठवटै प्रदेशबाट केन्द्रीय कमिटी सदस्यका लागि क्लस्टर अनुसारका नाम सिफारिस भैसकेका छन् । केन्द्रीय कमिटीमा सहमति जुटेपछि माओवादीले केन्द्रीय पदाधिकारी पनि हलबाटै घोषणा गर्ने गरी तयारी गरेको बुझिएको छ ।
नेकपा माओवादीले अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव २, सचिव ३ र कोषाध्यक्ष १ गरी १५ सदस्यीय पदाधिकारी रहने विधान पारित गरेको छ । त्यस्तै कुल केन्द्रीय कमिटी सदस्यमध्ये ५० प्रतिशत खुल्ला र ५० प्रतिशत समावेशी बनाउने गरी निर्वाचित गर्ने व्यवस्था गरेको छ ।

जसमा खुलातर्फ १४५ जना हुने छन् । भने समानुपातिकतर्फ सबै क्लस्टर मिलाएर १५४ जना निर्वाचित हुनेछन्।

महाधिवेशनबाट पारित विधानअनुसार निर्वाचन आयोगले मिश्रित निर्वाचन प्रणालीबाट केन्द्रीय समिति चयनको प्रक्रिया सुरु गरे पनि माओवादीले सहमतिमार्फत केन्द्रीय समिति घोषणाको गृहकार्य गरेको हो ।
सहमतिमै पदाधिकारी र केन्द्रीय समिति चयनको गृहकार्यसँगै माओवादीको निर्वाचन आयोगले निर्वाचनको संशोधित कार्यतालिका सार्वजनिक गरेको छ ।

महाधिवेशनबाट शनिबार विधान अनुमोदन भएलगत्तै आयोगले केन्द्रीय समिति ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीबाट चयन गर्ने प्रक्रिया अगाडि बढाएको थियो । तर, सहमतिका लागि भन्दै निर्वाचन प्रक्रियाका सबै काम आइतबार २ बजेसम्मका लागि रोकिएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved