प्रदेश २ का बालबालिका कुपोषणको शिकार हुनु दुखद् : मुख्यमन्त्री राउत

नेपालभ्युज

प्रदेश २ का बालबालिका कुपोषणको शिकार हुनु दुखद्  : मुख्यमन्त्री राउत

जनकपुरधाम। पर्याप्त जानकारीको अभावका कारण अन्नको भण्डार रहेको प्रदेश २ मा बालबालिकाहरू कुपोषणको शिकार भैरहेको मुख्यमन्त्री लालबाबु राउतले बताएका छन्।

राष्ट्रिय पोषण तथा खाद्य सुरक्षा समन्वय समितिले शुक्रबार जनकपुरधाममा आयोजना गरेको बहुक्षेत्रीय पोषण योजना सम्बन्धि प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो धारणा राखेका हुन्।

‘‘अन्नको भण्डार मात्र नभई, दुध, फलफुल लगायतका खाद्य सामग्रीको पर्याप्तता हुँदा हुँदै उपयोग सम्बन्धि जानकारीको आभावमा बालबालिका कुपोषणको शिकार हुनु दुखद छ,’’ उनले भने,‘‘ पोषण सम्बन्धी तथ्यांकहरुले प्रदेशको अवस्था सुधारोन्मुख रहेको देखाएपनि सन्तोषजनक छैन्। कार्यक्रममा तिव्रता ल्याउनुस् ।’’

पोषण सम्बन्धि प्रदेशमा संचालित कार्यक्रमहरु व्यवहारमा कार्यान्वयन हुन नसकेको प्रति उनले चिन्ता व्यक्त गरे। यस्ता कार्यक्रमलाई जनस्तरसम्म पु¥याउन उनले निर्देशन दिएका छन्।

राष्ट्रिय योजना आयोगका सदस्य डा. उमाशंकर प्रसाद साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा योजना आयोगका सहसचिव डा. किरण रुपाखेती, पोषण कार्यक्रम निर्देशक लक्ष्मी घिमिरे, पोषण शाखा प्रमुख लिला विक्रम थापा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह सचिव बसन्त अधिकारी, प्रदेश नीति आयोगका दानीकान्त झा सहितले पोषणको अवस्थाबारे जानकारी दिएका थिए।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, प्रदेश सभा सदस्य प्रमिला दास, शारदा थापा, सरस्वति चौधरी, पूर्वसभासद् डा. विजय कुमार सिंह सहितको सहभागिता रहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved