बझाङमा भेटियो दुई जनाको शव

धामी र बोहरा दुवै जनाको चिसोले कठ्यांग्रिएर ज्यान गएको हुन सक्ने प्रहरीको आशंका छ।

बझाङमा भेटियो दुई जनाको शव
सांकेतिक तस्वीर

धनगढी। बझाङमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा एक जना छबिसपाथीभेरा ७ का र एक जना सुर्मा –१ का रहेका छन्। उनीहरु फरक फरक ठाउँमा मृत अवस्थामा फेला परेका हुन्।

छबिसपाथिभेरा गाउँपालिका ७ बुड्खोरीका ४३ वर्षीय जंग धामी घर नजिकै नौपाते भन्ने ठाउँमा मृत फेला परेका हुन्। उनी बिहीबार बिहान मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

यस्तै, सुर्मा गाउँपालिका १ दौलीचौरका ४४ वर्षीय किट्टु बोहरा मंगलबारदेखि घरबाट हराएका र हिजोसम्म घर नफर्केपछि खोजतलास गर्दा घरबाट केही टाढा पदाली भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङ सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले बताए।

धामी र बोहरा दुवै जनाको चिसोले कठ्यांग्रिएर ज्यान गएको हुन सक्ने प्रहरीको आशंका छ।

दुवै जनाको मृत्युबारे थप अनुसन्धान गर्न र पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमिखेत ल्याउन प्रहरी टोली घटनास्थल तर्फ खटाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved