लेस्टर सिटीसँग लिभरपुल पराजित

नेपालभ्युज

लेस्टर सिटीसँग लिभरपुल पराजित

काठमाडौं। इंग्लिस प्रमियर लिगमा गएराति भएका खेलमा लिभरपुल पराजित हुँदा म्यानचेष्टर युनाइटेड बराबरीमा रोकिएको छ।

लिभरपुलले लेस्टर सिटीसँग पराजय भोगेको हो। लेस्टरको घरेलु मैदानमा भएको खेलमा दोस्रो हाफमा (५९ मिनेट) लुकमानले गरेको एक मात्र गोल नै लिभरपुल पराजित हुन पर्याप्त भयो।

जारी लिगमा लिभरपुलको यो दोस्रो हार हो। हारपछि पनि लिभरपुल तालिकाको दोस्रो स्थानमा छ।

त्यस्तै म्यानचेस्टर युनाइटेडले हिजो भएको खेलमा न्यु क्यासलसँग बराबरी खेलेको छ। न्यु क्यासलले खेलको सातौं मिनेटमा गोल गरेका थिए। तर एडिसन काभानीले ७७ मिनेटमा गोल गर्दै युनाइटेडको हार टारेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved