रौतहटमा भारतीय स्कर्पियो दुर्घटना, पाँच जनाको मृत्यु

नेपालभ्युज

रौतहटमा भारतीय स्कर्पियो दुर्घटना, पाँच जनाको मृत्यु

जनकपुरधाम । रौतहटमा भारतीय नम्बरको स्कारपियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन्।

आज (मंगलबार) गौर नगरपालिकाबाट गरुडा जाँदै गरेको डीआर ०५ पी ए ६९५३ नम्बरको स्कार्पियो गरुडा नगरपालिका-१ स्थित जयनगर सडक खण्डमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घटना दिउँसो चार बजेतिरको हो।

दुर्घटनाग्रस्त जिप अनियन्त्रित भई सडकबाट झण्डै २० फिट तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते ९ जनामध्ये पाँच जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र चार जनाको उपचार भइरहेको मल्लले जानकारी दिए।

दुर्घटनामा मृत्यु हुने र घाइते हुने सबैको अहिलेसम्म सनाखत हुन सकेको छैन। मृतक र घाइते सबै भारतीय पुरुष नागरिक रहेका मल्लले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved