स्वास्थ्य मापदण्ड पालना गरी क्रिसमस मनाउन प्रधानमन्त्री देउवाको आग्रह

नेपालभ्युज

स्वास्थ्य मापदण्ड पालना गरी क्रिसमस मनाउन प्रधानमन्त्री देउवाको आग्रह
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले जिसस क्राइष्टको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मावलम्बीले २५ डिसेम्बरमा मनाउने क्रिसमस डेको शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत क्रिसमसले सबै नेपालीमा विश्वास र बन्धुत्वको भावना कायम राख्न प्रेरणा दिओस् भन्ने कामना गरेका छन्।

चाडपर्व र संस्कृति राष्ट्रिय एकता, पारस्परिक सद्भाव र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि महत्वपूर्ण भएकाले बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको नेपालका लागि मात्र नभई धार्मिक विविधा संसारकै पूँजी भएको बताएका छन्।

उनले कोभिड १९ संक्रमणको जोखिम कायम भएको र नयाँ भेरियनट ओमिक्रोनको जोखिमको सम्भावना पनि बढ्दै गएकाले स्वास्थ्य मापदण्ड अपनाएर क्रिसमस मनाउन आग्रह गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved