किसुनजीको सम्झनामा शालिकमा माल्यार्पण तथा दीप प्रज्वलन

किसुनजीको सम्झनामा शालिकमा माल्यार्पण तथा दीप प्रज्वलन

काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सम्झनामा दीप प्रज्वलन गरिएको छ। सन्त नेता स्वर्गीय भट्टराईको ९८औँ जन्मजयन्तीका अवसरमा किसुनजी अध्ययन केन्द्रले आज किसुनजीको सालिकमा माल्यार्पण एवं दीप प्रज्वलन गरेको हो।

गृहमन्त्री बालकृष्ण खाँडले राष्ट्रियताको पक्षमा सधैँ अडिग रहने नेता किसुनजी भएको बताए। “निष्ठा, आदर्श र राष्ट्रियताको पक्षमा किसुनजीले देखाएको बाटोमा कांग्रेस हिँड्नुपर्छ”, उनले भने। उहाँको सादगी जीवनको सबैले अनुशरण गर्नुपर्ने उनको भनाइ थियो।

केन्द्रका अध्यक्ष अविनाश सिलवालले सन्त नेता किसुनजीले देखाएको बाटोमा कांग्रेस हिँड्न सकेमात्र उनप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए। २०७३ सालमा स्थापना भएको अध्ययन केन्द्रले किसुनजीकाबारे अध्ययन अनुसन्धान गर्नुका साथै नयाँ बानेश्वरमा किसुनजी पार्क र किसुनजीको सालिक निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ।

उक्त पार्क तथा शालिक निर्माणमा काठमाडौँ महानगरपालिका-१० को समेत महत्वपूर्ण सहयोग छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved