आँपको पातका अद्भुत फाइदाबारे जान्नुहोस्

नेपालभ्युज

आँपको पातका अद्भुत फाइदाबारे जान्नुहोस्

एजेन्सी । गर्मीको मौसस सुरु भएसँगै फलहरूको राजा आँप, जहाँ पनि देखिन थाल्छ ।

धेरै मानिसलाई आँप खान एकदमै मन पर्छ । तर, के तपाईंलाई थाहा छ आँपसँगै त्यसको पात पनि शरीरका लागि फाइदाजनक हुन्छ । यदी थाहा छैन भने आजै जान्नुहोस्-

  • आँपको पातमा पनि भरपूर मात्रामा भिटामिन ए, सी, बी, एन्टीमाइक्रोबियल र एन्टीअक्सीडेन्ट गुणहरू पाइन्छन् । यस्तोमा आँपका पातहरू स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छन् ।
  • आँपका पातहरूको सेवन गर्नाले पेटको खराब तत्वहरू बाहिर निस्कन्छ । जसले गर्दा शरीर भित्रैदेखि सफा हुन्छ ।
  • स्ट्रेस र तनावलाई कम गर्नका लागि पनि आँपको पातको चिया बनाएर पिउनु एकदमै फाइदाजनक मानिन्छ । यसले तपाईंलाई तनावबाट राहत दिन्छ ।
  • यदी तपाईं मधुमेहको बिरामी हुनुहुन्छ भने आँपको पातलाई चपाउन सक्नुहुन्छ । यसो गर्नाले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्न सहयोग पुग्छ ।
  • यदी तपाईं तौल कम गर्ने सोंचिरहनुभएको छ भने पनि आफ्नो खानपानमा आँपको पातलाई सामेल गर्न सक्नुहुन्छ । यसले मेटाबोलिज्म बुस्ट हुन्छ र तौल कम गर्न सहयोग पुग्छ ।
  • आँपका पातमा हुने भिटामिनहरूले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । जसले गर्दा भाइरल फ्लु तथा संक्रमणहरूबाट जोगिन सकिन्छ ।
  • आँपको पातमा हुने भिटामिन ए, सी र ईले कपाललाई पनि बलियो र स्वस्थ बनाइराख्छन् । साथमा यसले छालालाई पनि स्वस्थ बनाउन सहयोग गर्छ ।
  • आँपको पातलाई ताजा वा सुकाएर पनि प्रयोग गर्न सकिन्छ । विशेषगरी यसलाई चिया बनाएर पिउनु फाइदाजनक हुन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved