डा. केसीले छैटौं दिनमा तोडे बिना उपलब्धि अनसन

नेपालभ्युज

डा. केसीले छैटौं दिनमा तोडे बिना उपलब्धि अनसन

काठमाडौं । पशुपतिको मृगस्थलिमा २९ बैशाखदेखि अनसन सुरु गरेका डा. गोविन्द केसीले बिना उपलब्धि अनसन तोडेका छन् । माओवादी द्वन्द्वको क्रममा पीडित बनेकाहरूको हातबाट जुस खाएर उनले अनसन तोडेका हुन् ।

उनलाई बुधबार (हिजो) बेलुका महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । अस्पतालमै उनले बिहीबार अपराह्न पत्रकार सम्मेलन गरेर अनसन तोडेको जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहित ४ बुँदे माग अघि सारेर डा. केसी गत २९ बैशाखदेखि पशुपतिको मृगस्थलिमा २२औं अनसन सुरु गरेका थिए ।

विगतको अनसनमा ज्यादै धेरै समर्थक बटुल्दै आएका उनले यसपालिको अनसनमा सुरु देखिनै समर्थन कम पाए । राजनीतिक माग भएकाले पनि उनको अनसनमा समर्थन कम भएपछि सरकारले पूर्ण बेवास्ता गरेको थियो ।

अन्ततः उनले ६ दिनपछि अनसन तोडेका हुन् । विगतमा डा. केसीले स्वास्थ्य क्षेत्रका मागलाई प्राथमिकता दिँदै आएका थिए । अहिले भने राजनीतिक मागलाई पहिलो प्राथमिकतामा राखेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved