धनगढीमा हुने पीएम कपको तयारी पूरा

भोलिदेखि धनगढीमा हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ।

धनगढीमा हुने पीएम कपको तयारी पूरा

धनगढी। भोलिदेखि धनगढीमा हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ।

नेपाल क्रिकेट सघंको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघ धनगढीको सहआयोजनामा हुने प्रतियोगिता पौष ११ गते सम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने भएको हो।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, प्रतियोगितामा वमन अफ द म्याच २ हजार प्रति म्याच ,वमन अफ द सिरिज २५ हजार, वेस्ट बलर १५ हजार, वेस्ट ब्याट्स वमनलाई १५ हजार दिइने आयोजक मूल कमिटी संयोजक सुदूरपश्चिम प्रदेश क्रिकेट संघका अध्यक्ष हरि रेग्मीले बताए।

प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले गर्ने कार्यतालिका छ।

सातै प्रदेशबाट प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा प्रदेश १, लुम्बिनी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेश रहेको छ। समूह ‘बी’ बाट नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश २ ले प्रतिस्पर्धा गर्दैछन्।

फाप्ला क्रिकेट मैदानमा पुस ३ गते हुने उद्घाटन खेलमा प्रदेश १ र कर्णाली प्रदेशबिच प्रतिस्पर्धा हुनेछ। सोही दिन अर्को खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेश भिड्नेछन्। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

यस्तै  प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली छनोट गरिएको छ। रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरिएको हो। छनोट भएका अन्य खेलाडीमा विन्दु रावल, डली भट्ट, कविता जोशी, दिपा जोरा, विमला भट्ट, कविता कुँवर, रुवी पोदार, लक्ष्मी साउँद, इश्वरी विष्ट, शोभा रोकाया, दिव्या कार्की, संगीता मौनी र सम्झना खड्का छन्।

यस्तै रेवती धामी, मनीषा चौधरी, भावना जोशी र सपना तामाङ  वैकल्पिक खेलाडीका रुपमा रहेका सुदूरपश्चिम प्रादेशिक क्रिकेट सघंका सचिव तेजप्रकाश भट्टले जानकारी दिए।  हालै सम्पन्न प्रदेशस्तरीय प्रतियोगितामा गरेको खेल प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved