कांग्रेस संस्थापनइतर समूहको बैठक सकियो, ३ बजे फेरि बस्दै

नेपालभ्युज

कांग्रेस संस्थापनइतर समूहको बैठक सकियो, ३ बजे फेरि बस्दै

काठमाडौं । कांग्रेस महाधिवेशनमा संस्थापनइतर पक्षको तर्फबाट साझा सभापतिको उम्मेदवार तय गर्न आज बसेको बैठक सकिएको छ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको बैठकमा यो पक्षका सभापतिका चार दाबेदार भने अनुपस्थित थिए। यो पक्षका प्रभावशाली केन्द्रीय सदस्यहरू आज बिहानको बैठकमा सहभागी थिए। उनीहरूले बैठकमा साझा उम्मेदवार तय गर्नेमा जोड दिएका बैठकपछि नेता बद्री पाण्डेले जानकारी दिए।

पाण्डेका अनुसार दिउँसो ३ बजे नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा सिंहसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र नेता शेखर कोइरालाबीच बैठक बस्दै छ।

मंगलबार साँझ नेता सिंहकै निवासमा बसेको बैठकमा महामन्त्री कोइरालाले वरिष्ठ नेता पौडेललाई साझा उम्मेदवार तय गर्ने प्रस्ताव गरेका थिए। यद्यपि यसमा सिंह र नेता शेखर कोइराला सहमत नरहेका बताइएको छ।

कांग्रेसको १४ औं महाधिवेशन पर्सि २४ मंसीरबाट काठमाडौंमा शुरु हुँदै छ। महाधिवेशन शुरु हुन मात्र दुई दिन बाँकी छ। संस्थापन पक्षविरुद्ध सभापतिको साझा उम्मेदवार बनाएर अघि बढ्ने बताइरहे पनि यो समूहले अहिलेसम्म टुंग्याउन सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved