मिड्युर रिम्पोछेको ‘द जोय अफ लिभिङ’ अब नेपाली भाषामा

नेपालभ्युज

मिड्युर रिम्पोछेको ‘द जोय अफ लिभिङ’ अब नेपाली भाषामा

काठमाडौं। बौद्ध भिक्षु तथा आध्यात्मिक गुरु योङ्गे मिङ्युर रिम्पोछेको अङ्ग्रेजी पुस्तक ‘द जोय अफ लिभिङ’को नेपाली अनुवाद ‘जिउनुको मज्जा’ लोकार्पण भएको छ। पुस्तकलाई डा. सरोज धितालले अनुवाद गरेका हुन्।

‘ह्याप्पी म्यान अफ द वर्ल्ड’को रूपमा समेत चिनिएका रिम्पोछेको सो पुस्तक न्युरोसर्जन डा. वसन्त पन्त, गायिका आनी छोइङ डोल्मा, अनुवादक डा. सरोज धिताल र लेखक रिम्पोछेले संयुक्तरूपमा लोकार्पण गरेका छन्।

“आध्यात्मिक गुरुको यो पुस्तकले विज्ञानतिर फर्केर ज्ञानको मार्गमा लाग्न हरेक व्यक्तिलाई प्रेरित  गर्छ”, डा वसन्त पन्तले पुस्तकबारे बोल्दै भने, “जीवन बुझ्नलाई मृत्युबारे चिन्तन गर्नुपर्ने र त्यसलाई पनि उत्सवका रूपमा लिन सकियो भने जीवनमा खुशी प्राप्त गर्न सकिन्छ।”

गायिका आनी छोइङ डोल्माले मिङ्युर गुरु आफ्ना पथप्रदर्शक भएको बताइन्। उनले पुस्तकले हरेक व्यक्तिलाई खुशीको मार्गमा डोहोर्‍याउने बताइन्।

अनुवादक डा. सरोज धितालले बौद्ध दर्शन शान्तिको मार्ग भएकोले यसले हरेक व्यक्तिलाई सुखको बाटोमा लैजाने बताए।

कार्यक्रममा रिम्पोछेले ध्यानको तरिका सिकाउँदै चेतनालाई सधैँ जागृत राखे क्लेशमुक्त हुन सकिने बताए।  उनले भने, “निर्वाणका निम्ति नभै नहुने आधारभूत गुण पहिलेदेखि नै मानवमा भएकाले त्यसलाई चिन्नका लागि आफ्नो जीवन-मार्गसँगै आफूले आर्जन गरेको ज्ञानलाई पुस्तकमा प्रस्तुत गरेको हुँ।”

न्यूयोर्क टाइम्स बेस्टसेलर ‘द जोय अफ लिभिङ’ पेनगुइन अमेरिकासँग अनुवाद अधिकार लिई बुक-हिलले नेपाली भाषामा प्रकाशन  गरेको हो। ३०० पृष्ठको किताबको बजार  मूल्य ५०० रुपैयाँ राखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved