ओली र रावलबीच वान टु वान वार्ता, विष्ट र भट्टराई पुनः सचिवमा दोहोरिने !

नेपालभ्युज

ओली र रावलबीच वान टु वान वार्ता, विष्ट र भट्टराई पुनः सचिवमा दोहोरिने !

चितवन । नेकपा (एमाले) महाधिवेशनमा अध्यक्षको आकांक्षी देखिएका उपाध्यक्ष भीम रावल र अध्यक्ष केपी ओलीबीच छलफल भइरहेको छ। दुई नेताबीच पार्क सफारी रिसोर्ट सौराहमा छलफल भइरहेको छ।

वर्तमान अध्यक्ष केपी ओलीले रावललाई मिलाएर लैजाने र आफैं सर्वसम्मत अध्यक्ष हुने प्रयास जारी राखेका छन्। यद्यपि रावल भने हर हालतमा अध्यक्षको उम्मेदवारीबाट पछि नहट्ने अडानमा छन्।

अन्य नेतालाई भेटेपछि ओलीले अहिले रावललाई भेटेका हुन्। ओली र रावलबीच वान टु वान वार्ता भएको हो।

यता नेता खगराज अधिकारीले भने नेतृत्व चयनको काम सहमतिमा हुने र अध्यक्ष ओलीले सहमतिकै आधारमा नाम घोषणा गर्ने बताएका छन्। उनले भने, “केही साथीहरूले  इच्छा व्यक्त गर्न सक्छन्, अध्यक्षले नाम सुनाउनु हुन्छ, अध्यक्षले नाम सुनाएपछि असहमति भए त्यस पदमा निर्वाचन हुन्छ।”

अबको महाधिवेशनपछि एमाले चुनावमा केन्द्रित हुने पनि उनले बताए।

यसैबीच विष्णु रिमाल, गोकर्ण विष्ट योगेश भट्टराई पद्मा अर्या र रघुवीर महासेठको नाम सचिव पदमा निश्चितजस्तै देखिएको स्रोतले दाबी गरेको छ। विष्ट र भट्टराई यसअघि नवौं महाधिवेशनमा पनि सचिव पदमा विजयी भएका थिए।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved