माओवादी-विप्लवबीच सहकार्यका लागि छलफल

नेपालभ्युज

माओवादी-विप्लवबीच सहकार्यका लागि छलफल

काठमाडौं। नेकपा माओवादी केन्द्र र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच सहमतिका लागि छलफल भएको छ। आइतबार विप्लव र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ।

भेटमा नेपालको कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन दुई पार्टीबीच सहकार्य गरेर अघि बढ्ने छलफल भएको नेता श्रेष्ठले जानकारी दिए। भेटमा नेकपा महासचिव विप्लवले सरकारसँग भएको तीन बूँदे सहमति कार्यान्वयनमा पहल गर्न आग्रह गरेका थिए।

दुई पार्टीबीच सहकार्य कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएकोमा दुई पार्टीबीच सहकार्य गरेर अघि जान सकिने धारणा आफूले राखेको माओवादी नेता श्रेष्ठले बताए। भेटमा केन्द्रदेखि तल्लो तहसम्म कसरी सहकार्य गर्ने भन्ने विषयमा छलफल गर्दै जाने सहमति भएको छ।

नेकपा महासचिव विप्लवले हिजो मात्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संग पनि भेटघाट गरेका थिए। भेटमा दुई पार्टीबीच सहकार्य गरेर जाने सैद्धान्तिक सहमति भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved