गमगढी आगलागी पीडितलाई राहत दिने कर्णाली सरकारको घोषणा

मुख्यमन्त्री शाहीले मंगलबार बिहान राहत दिने घोषणा गरेका हुन्। आगलागीको घटनाप्रति प्रदेश सरकारको तर्फबाट शाहीले दुःख व्यक्त गरेका छन्।

नेपालभ्युज

गमगढी आगलागी पीडितलाई राहत दिने कर्णाली सरकारको घोषणा

काठमाडौं। मुगुको गमगढीमा सोमबार राति भएको आगलागीबाट पीडितहरुलाई कर्णाली प्रदेश सरकारले राहत दिने भएको छ। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले राहत दिने घोषणा गरेका हुन्।

मुख्यमन्त्री शाहीले मंगलबार बिहान राहत दिने घोषणा गरेका हुन्। आगलागीको घटनाप्रति प्रदेश सरकारको तर्फबाट शाहीले दुःख व्यक्त गरेका छन्।

मुगु सदरमुकाम गमगढी बजारमा गएराति भिषण आगलागी भएको हो।

मध्यरातमा शुरु भएको आगलागीले गमगढी बजारका १७ घर जलेका र केही घुम्ती पसलहरु जलेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गमगढी बजारस्थित स्थानीय खिम्मे लामाको घरबाट आगलागी शुरु भएको थियो। गएराति करिब १२ बजेदेखि आगलागी शुरु भएको प्रहरीले जनाएको छ।

मंगलबार बिहान करिब ४ बजेपछि मात्रै आगलागी नियन्त्रणमा आएको थियो। स्थानीय रुपमा काठैकाठले बनेका द्धरहरु एकआपसमा जोडिएका कारण धेरै क्षति भएको प्रहरीले जनाएको छ।

आगलागीमा मानवीय क्षति नभए पनि भौतिक क्षति धेरै भएको छ। मध्यरातको आगलागीमा भएको क्षतिको यकिन विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved