प्रधानन्यायाधीशले वार्तामा बोलाएपछि न्यायाधीश र बार छलफलमा

सोमबार दिउँसो भएको छलफलमा प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने निष्कर्ष निस्किए पनि मंगलबार पुन बैठक बस्ने छ।

नेपालभ्युज

प्रधानन्यायाधीशले वार्तामा बोलाएपछि न्यायाधीश र बार छलफलमा

काठमाडौँ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलनरत न्यायाधीशहरुलाई वार्तामा आउन आग्रह गरेपछि आन्दोलनरत न्यायाधीशहरू, सर्वोच्च बार र नेपाल बार एशोसियसनका पदाधिकारी बीच छलफल भएको छ। सोमबार दिउँसो भएको छलफलमा प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने निष्कर्ष निस्किए पनि मंगलबार पुन बैठक बस्ने छ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन्। नेपाल बारले भने धर्ना र प्रदर्शन गर्दै आइरहेको छ। दुई सातादेखि निरन्तर आन्दोलन भइरहेको छ। न्यायालयको विवाद उत्कर्षमा पुगेपछि सोमबार विज्ञप्तिमार्फत प्रधानन्यायाधीश जबराले आन्दोलित सहकर्मी न्यायाधीश र नेपाल बार एसोसिएसनलाई वार्तामा आउन आग्रह गरेका छन्।

जबराले वार्ता र संवादबाट समस्या समाधान खोज्न आग्रह गरेपछि आन्दोलनरत न्यायाधीशहरू, सर्वोच्च बार र नेपाल बार एशोसियसनका पदाधिकारी बीच छलफल भएको हो।

यसअघि जबराले गरेको वार्ताको आह्वानलाई पूर्व न्यायाधीशहरूको छाता संगठन पूर्वन्यायाधीश फोरमले भने अस्वीकार गरेको छ। फोरमले प्रधानन्यायाधीश जबराले न्यायको विचलन र भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रचार भएको टिप्पणी गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved