स्पेन लगातार १२ औँ विश्वकपमा छनोट

युरोपेली छनोटमा विजयी नतिजा निकाल्दै स्पेन लगातार १२ औा पटक विश्वकप फुटबलका लागि छनोट भएको छ।

नेपालभ्युज

स्पेन लगातार १२ औँ विश्वकपमा छनोट

काठमाडौं। विश्वकप फुटबलको युरोपेली छनोटमा विजयी नतिजा निकाल्दै स्पेन लगातार १२ औा पटक विश्वकप फुटबलका लागि छनोट भएको छ।

गएराति घरेलु मैदानमा स्विडेनलाई १-० गोल अन्तरले पन्छाउँदै कतार विश्वकपमा स्थान बनाएको हो। स्पेनका लागि एकमात्र गोल ८६ औँ मिनेटमा मोराटाले गरेका थिए।

स्पेन युरोपेली छनोटको समूह बीमा ८ खेलबाट १९ अंक जोडेर समूह विजेता बन्दै विश्वकपका लागि छनोट भएको हो।

१५ अंक जोडेको स्विडेनको पनि विश्वकप छनोटको सम्भावना बाँकी नै रहेको छ। ऊ समूह बीको दोस्रो स्थानमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved