बाह्रविसे कप खुल्ला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिता हुने

नेपालभ्युज

बाह्रविसे कप खुल्ला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिता हुने

काठमाडाै‌ँ। सिन्धुपाल्चोकमा ‘बाह्रविसे कप खुल्ला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिता’ हुने भएको छ। मंसिर १६ देखि १८ गतेसम्म हुने प्रतियोगिता बाह्रविसे नगरपालिकास्थित खुर्सानी बारी खेलकुद कभर्डहलको आयोजनामा हुने छ।

प्रतियोगितामा चार वटा इभेन्ट्सहरु समावेश गरिएको छ। जसमा पुरुष एकल, पुरुष डबल्स (शीर्ष एकल २० बाहेक), महिला एकल र भेट्रान्स डबल्स (४५ वर्षमाथि) को इभेन्टस समावेश गरिएको छ। नगद पुरस्कारमा मात्रै ५ लाख ५० हजार रुपैयाँ छ।

प्रतियोगिताको पुरुष एकलतर्फको विजेताले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो हुनेले ६५ हजार र तेस्रो हुने दुवै जनाले समान ३०–३० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

पुरुष डबल्सको विजेताले १ लाख, दोस्रो हुने टोलीलाई ५० हजार र तेस्रो हुनेलाई २५–२५ हजार रुपैयाँ र मेडल प्राप्त गर्नेछन्। महिला एकलको विजेताले ५० हजार, दोस्रो हुनेले २५ हजार र सेमिफाइनलमा पराजित हुनेले समान १२ हजार ५ सय रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिता सञ्चालनको लागि ३५ लाख रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved