लेखेटी लेखेटी भएको थियो भुपेन्द्र बडुवालको हत्या !

लेखेटी लेखेटी भएको थियो भुपेन्द्र बडुवालको हत्या !
हत्या गरिएका भूपेद्र

कैलाली। लम्कीचुहा नगरपालिका-१ लम्कीका २२ वर्षीय भुपेन्द्र बडुवालको खुकुरी प्रहार गरी हत्या भएको छ। बडुवाललाई चिसापानीका नवीन रावलको समूहले खुकुरी प्रहार गरी मंगलबार राति ९ बजेको समयमा हत्या गरेको हो।

रावलको समूहले टीकापुरका शाही थरका एक युवकलाई मार्ने योजना बनाएका थिए। उनको हत्या योजना बाहिरिने डरले रावल समूहले खुकुरी प्रहार गरी बडुवालको हत्या गरेको मृतक भुपेन्द्रका आफन्त भगत बडुवालले बताए।

शाही थरका युवकलाई भुपेन्द्रमार्फत बोलाउने र मार्ने गोप्य योजना नवीन रावलले बनाएका बडुवालको आरोप छ। “शाही थरका युवकलाई मार्ने योजनाबारे भुपेन्द्र जानकार थिएनन्,” भगतले भने, “टीकापुरमा नवीनको गिरोहका युवक जम्मा भएको देखेपछि भुपेन्द्रले सम्भावित खतरा आकलन गर्दै भागेर उम्कन खोज्दा नवीनको गिरोहले धारिलो हतियार प्रयोग गरी भुपेन्द्रको हत्या गरेको हो।”

विभिन्न घटनाका अभियुक्त रावल र शाहीको समूहमा चिसापानी, लम्की र टीकापुरका करिब ५० जना आबद्ध रहेका स्थानीयले बताएका छन्। दुवै समूहले एकअर्कालाई भेटाउनासाथ भौतिक आक्रमण गर्ने गरेका थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले आरोपित नवीन रावल भने फरार रहेका बताए। “नवीन यसअघि पनि विभिन्न घटनामा संग्लन रहेको बुझिएको छ,” उनले भने, “बडुवालको हत्यामा पनि आरोपित छन्। उनको खोजी भइरहेको छ।”

हत्यामा प्रयोग भएको हतियार बरामद

बडुवालको हत्यामा प्रयोग भएको हतियार बरामद गरिएको छ। टीकापुरस्थित घटनास्थल नजिकै पेट्रोल पम्पको छेउमा बुधबार हरितयार फेला परेको हो।प्रहरी नायब उपरीक्षक विष्टले बडुवालको हत्यामा प्रयोग भएको खुकुरी बरामद गरिएको जानकारी दिएका हुन्। घटनास्थल नजिकैबाट खुकरी बरामद भएको हो।

आरोपमा परिवारसहित ८ जना पक्राउ

बडुवाल हत्यामा संग्लन भएको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। विष्टले चिसापानीस्थित संगम होटलबाट नवीन रावलका बुबा हर्कबहादुर रावल, उनकी आमा र भाइ महेशलाई पनि पक्राउ गरिएको बताए।

बडुवालको हत्या आरोपमा अन्य ५ जनालाई पनि पक्राउ गरिएको विष्टले बताए।

यो पनि पढ्नुहोस्

चक्कु प्रहारबाट युवकको मृत्यु

हत्या आरोपमा ४ जना पक्राउ

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved