दोहोरो अंकले घट्यो नेप्से परिसूचक

आज कारोबार रकम पनि खासै बढेको छैन। कूल २३० कम्पनीको ७२ लाख सात हजार ३९६ कित्ता शेयर चार अर्ब ४२ करोड सात लाख १९ हजार १०३ रुपैयाँ बराबर मूल्यमा खरिद बिक्री भए।

नेपालभ्युज

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं। शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ। दिपावलीको बिदापछि खुलेको धितोपत्र बजारमा नेप्से परिसूचक राताम्मे देखिएको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १९.२० अंकले घटेर दुई हजार ८२९.६४ मा ओर्लेको छ। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत २.७१ ले ओरालो लागेर ५२८.३७ बिन्दुमा ओर्लेको छ।

आज कारोबार रकम पनि खासै बढेको छैन। कूल २३० कम्पनीको ७२ लाख सात हजार ३९६ कित्ता शेयर चार अर्ब ४२ करोड सात लाख १९ हजार १०३ रुपैयाँ बराबर मूल्यमा खरिद बिक्री भए।

सोमबारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ७९ अर्ब सात करोड ६६ लाख १० हजार रुपैयाँ बराबर रहेको छ। नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सोमबार तीन उपसमूहको शेयर उकालो लाग्यो भने १० उपसमूहको शेयर भने ओरालो लागेको छ।

वित्त २१, सामूहिक लगानी कोष ०.०८ र लगानी उपसमूह ०.६३ अंकले बढेको छ। त्यस्तै, बैंकिङ १९.९६, व्यापार १४.७६, होटल तथा पर्यटन २९.६५, विकास बैंक ७०.०५, जलविद्युत् १३.०२, निर्जीवन बीमा १३७.३७, उत्पादन २९.३६, अन्य २३.१२, लघुवित्त ५५.३५ र जीवन बीमा १००.०४ अंकले घटेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved